0 COMMENTS

पुस २०, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले ललितपुरको बालकुमारीमा गरिएको हत्याकाण्डको विरोधमा कोणसभा सम्पन्न गरेको छ । शुक्रबार चितवनको चौविस कोठीमा उक्त कोणसभा सम्पन्न भएको हो ।

विरोध सभाको सञ्चालन पार्टीका एकता महाधिवेशन आयोजक समितिका सदस्य तथा चितवन जिल्ला सह—संयोजक दुर्गा सुवेदीलले गरेका थिए भने सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता महाधिवेशन आयोजक समितिका सदस्य तथा चितवन जिल्ला संयोजक विकास सापकोटाले सम्बोधन गरेका थिए ।

सम्बोधनको क्रममा उनले दुइजना होनहार युवा—सुजन रावत र विरेन्द्र शाहको सरकारद्वारा गरिएको निर्मम हत्याले यो दलाल संसदीय व्यवस्थाको अन्त्यको सङ्केत गरेको बताए ।

कोणसभा मध्यान्ह १२ बजे सुरु गरिएको थियो र उक्त सभामा जिल्लाका नेता तथा कार्यकर्ताको उल्लेख्य रूपमा सहभागिता रहेको प्राप्त समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।