0 COMMENTS

पुस २१, ललितपुर । ११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन शुुक्रबार काठमाडौं र ललितपुुरका विभिन्न स्थानमा अण्डा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरद्वारा आयोजित अण्डा वितरण कार्यक्रम अन्तर्गत चौथो दिन शुुक्रबार काठमाडौंको बुुढानिलकण्ठ नगरपालिका–३ स्थित बुुढानिलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ८ सय र टोखा नगरपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पोषण सुुधारको लागि ४ सय ओटा अण्डा वितरण गरिएको थियो ।

साथै शुक्रबार नै काठमाडौंकै पञ्चकन्या माध्यमिक विद्यालय बुढानिलकण्ठका विद्यार्थीहरुलाई ३ सय ओटा अण्डा वितरण गरियो । त्यसैगरी शुक्रबार नै ललितपुर महानगरपालिका–२८, हरिसिद्धि स्थित त्रिशक्ती इट्टा उद्योगमा कार्यरत कामदार तथा कर्मचारीहरुको पोषण सुुधारको लागि ४ सय ओटा अण्डा वितरण गरिएको थियो । विभिन्न स्थानमा भएको अण्डा वितरण कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरका प्रमुख डा. रामप्रकाश प्रधान, कार्यालयका अधिकृत कृष्ण कार्की, कार्यालयका कर्मचारीहरु लगायतको उपस्थिति थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन बिहीबार मानसिक अस्पताल, लगनखेलमा मानसिक रोगको उपचारार्थ बिरामीहरुको पोषण सुधारको लागि २ सय १० ओटा अण्डा वितरण गरिएको छ । दोस्रो दिन बुधबार भक्तपुर, मध्यपुर थिमि नगरपालिका–८ स्थित बोडे माध्यमिक विद्यालयमा ३ सय ६० वटा अण्डा वितरण गरिएको थियो । साथै सोही ठाउँमा रहेको श्री द्योमां जगत बृध्दाश्रम बोडेमा पनि अण्डा वितरण गरिएको थियो । यसैगरी सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन मंगलवार नमुना मच्छीन्द्र माध्यमिक विद्यालय लगनखेल,ललितपुरका विद्यार्थिहरुलाई ५सय ओटा अण्डा वितरण गरिएको थियो ।

११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी कार्यक्रम (पौष १७–२४) सम्म चल्नेछ । राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन कार्यक्रम, २०८० को लागि नेपाल भेटेरिनरी एशोसिएसनले तय गरेको नारा “कुुखुराको अण्डा र मासुको परिकार, स्वास्थ्य जीवनको आधार ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।