0 COMMENTS

पुस १९, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी दर्जनाैँ विद्यार्थी नेताहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा ध्रुवीकृत भएका छन् । बिहीबार पार्टी कार्यालय कुपण्डोलमा आयोजित ध्रुवीकरण कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) परित्याग गरी २६ जना विद्यार्थी नेता कार्यकर्ताहरू मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा ध्रुवीकृत भएका हुन् ।

विप्लव नेकपा परित्याग गरी आएका २६ जना विद्यार्थी नेता कार्यकर्ताहरूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेलले अबीर र खादा लगाएर भव्य स्वागत गरेका छन् । पार्टी कार्यालय कुपण्डोलमा आयोजित ध्रुवीकरण कार्यक्रममा नेता सीपी गजुरेल, विद्यार्थी सङ्गठनका इन्चार्ज हरिकृष्ण गजुरेल र संयोजक मिलन राई लगायतका नेताहरूले विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेर ध्रुवीकरणमा आएका विद्यार्थी नेताहरूलाई भव्य स्वागत गरेका हुन् ।

ध्रुवीकरणमा आउने विद्यार्थी नेता कार्यकर्ताहरूमा रविना सदाशंकर–केन्द्रीय सदस्य, हस्त विक–केन्द्रीय सदस्य तथा काठमाडौँ संयोजक, छत्र विक–केन्द्रीय सदस्य तथा काठमाडौँ–३ संयोजक, सुनिल भूल–केन्द्रीय सदस्य तथा काठमाडौँ–४ संयोजक, बजीर नेपाली–काठमाडौँ–२ जिल्ला संयोजक, हस्त विक सक्षम– काठमाडौँ–६ संयोजक, नवीन परियार– काठमाडौँ–१ सचिव रहेका छन् । त्यसैगरी जिल्ला सदस्यहरूमा सुप्रिया नेपाली, देविका नेपाली, मनिषा विक, आरती नेपाली, लक्ष्मी विक, लेखराज मैनाली, अर्पण परियार, सक्षम सापकोटा, रामचन्द्र शिवाकोटी, अञ्जली तामाङ, दिवाकर, संगीता नेपाली, सुवास दुवाल, शेरबहादुर, हेमन्त बोहरा, सुनिल नेपाली, शंकर विक, महेश परियार (सिटिइभिटी सदस्य) लगायत रहेका छन् ।

नेता सीपी गजुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिको रूपमा हरिकृष्ण गजुरेल, पेशल दाहाल, विरेन्द्र शाह, रविना सदाशंकर लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो । अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको अध्यक्षतामा भएको ध्रुवीकरण कार्यक्रमको सञ्चालन रूपा बुढाले गरेकी थिइन् भने उक्त कार्यक्रममा स्वागत मन्तव्य महेश श्रेष्ठले राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।