0 COMMENTS

पुस १९, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार  बिहीबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेकाे छ ।

महासङ्घका अनुसार बुधबार छापावाल सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य  पनि ताेलामा ३० रुपैयाँले घटेर तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।