0 COMMENTS

पुस १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । यस्तै तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ ।

हुस्सु र कुहिरो तथा हिमपातका कारण चिसो बढ्ने भएकाले यसबाट बच्च आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५५ मिनेट र सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।