0 COMMENTS

पुस १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

सूचना, प्रचार तथा प्रकाशन संगठन समितिका संयोजक हुकुमबहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताएका छन् । ‘अहिले सुधार भइरहेको छ । ३ दिनअघि नै भर्ना हुनुभएको हो । अझै एक दुई दिन अस्पतालमै रहनु हुन्छ’, उनले भने । सम्भवत आज डिस्चार्ज हुनुहुन्छ ।

वैद्य नेतृत्वको पार्टीले पछिल्लो समय देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै संघर्षका कार्यक्रम गर्दै आएको छ ।

जनताको भयावह अवस्था बदल्ने वास्तविक राजनीतिक व्यवस्था ‘जनगणतन्त्र नेपाल’को स्थापना भएको सो पार्टीले बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।