0 COMMENTS

पुस ५, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकामा यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ । आज उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो  देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । राति पनि यो क्रमले निरन्तरता पाउनेछ । 

देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।