0 COMMENTS

पुस ४, काठमाडाैँ । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् ।

यसअघि बुधबार नै संघीय संसद्को संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।