0 COMMENTS

पुस ४, काठमाडाैँ । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । सिंहदरबारमा रहेको नयाँ कक्षमा आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान रकमसँगै उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी गराएकी छन् ।

सरकारले उखुको प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ मूल्य तोकेको छ । ५ सय ६५ रुपैयाँ न्यनूतम खरिद मूल्य र ७० रुपैयाँ अनुदान रकम गरी किसानले प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ उखुको मूल्य प्राप्त गर्नेछन् । आजको बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षासमेत भएको छ । त्यसमा मुख्य सचिव वैकुण्ठ अर्यालले काम गर्ने क्रममा विद्यमान ऐन, नियमावली तथा कानुनका कारणले झेल्नुपर्ने समस्याबारे ब्रिफिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।