0 COMMENTS

पुस ५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति बैठकले गरेको निर्णय बमोजिम नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० प्रशिक्षण कार्यक्रम यही पुस १ र २ गते चितवन जिल्लामा सम्पन्न गरेको हाे ।

अध्ययन अनुसन्धान बिभागका प्रमुख तथा पार्टीका केन्द्रीय कार्यालय सदस्य सिताराम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय कार्यालय सदस्य प्रभाकिरणले गर्नु भएको थियो । सो कार्यक्रममा पार्टीका अर्का कार्यालय सदस्य तथा तीन नम्बर प्रदेशका संयोजक अटल, पार्टीका कार्यालय सदस्य तथा अध्ययन अनुसन्धान बिभागका सदस्य गुणराज लोहनी र केन्द्रीय सल्लाहकार सदस्य भूमेश्वर कडेलको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा देशैभरीबाट ३९ जना प्रतिनिधिको उपस्थिति रहेको थियो । दुइ दिनसम्म सञ्चालित उक्त कार्यक्रममा एक दिन सैद्धान्तिक प्रशिक्षण भयो भने दोस्रो दिन प्रयोगात्मक क्लासका रूपमा जिल्लाका प्रत्येक सरकारी कार्यालयमा गएर तथ्यांक लिने काम भएको थियो ।

७ नम्बर वडाको जनताहरूसँग ती संकलित सरकारी तथ्यांकको तुलना गर्ने कार्य भयो । यसै गरि सबै प्रतिनिधि, चितवन जिल्ला पार्टी, प्रदेश पार्टी, प्रशिक्षक सबैलाई धन्यवाद दिँदै जिल्ला जिल्लामा प्रतिनिधिहरूले अध्ययन अनुसन्धान बिभागलाई बिस्तार गरि जनतासँग प्रत्यक्ष तथ्यांक वास्तविक नेपालीको अर्थ सामाजिक स्थिति ठोस गर्न निर्देशन दिँदै पार्टीका केन्द्रीय कार्यालय सदस्य सिताराम तामाङले कार्यक्रमको समापन गर्नुभयो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।