0 COMMENTS

मङ्सिर २६, नवलपरासी । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी ब्युरो संयोजक नविन खड्कासहित तीन जना बर्दघाट बाट पक्राउ परेका छन् । अखिल (क्रान्तिकारी) ले हाल ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गरिरहेको छ ।

अभियानको क्रममा बर्दघाट नगरपालिकाको पर्खालमा ‘दलाल संसदीय व्यवस्था मुुर्दावाद’ जस्ता नाराहरु लेख्न खोज्ने क्रममा नगरपालिकाको नगर प्रहरीले उनीहरुलाई हस्तक्षेप गरेका थिए । नगर प्रहरीको हस्तक्षेप पश्चात नगर प्रहरी र अखिल (क्रान्तिकारी)का विद्यार्थीहरुबीच भनाभन भएको थियो । त्यसको केही बेरमा इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरीहरुले उनीहरुलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा खड्का सहित अखिल (क्रान्तिकारी) का लुम्बिनी ब्युरो सह–संयोजक मनोज थापा र लुम्बिनी ब्युरो सदस्य इन्दु वली रहेका अखिल (क्रान्तिकारी) का नवलपरासीका संयोजक सन्देश सापकोटाले जानकारी दिनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।