0 COMMENTS

मङ्सिर २६, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले लुम्बिनी प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान अन्तरगत नवलपरासीको तीनवटा शैक्षिक संस्थामा अन्तरक्रिया गरिएको छ । अभियान अन्तरगत अखिल (क्रान्तिकारी) नवलपरासीको सक्रियतामा दिब्यज्योति बहुमुखी क्याम्पस, दाउन्नेदेवी देवी क्याम्पस र दिब्यज्योति माविमा बिद्यार्थीहरुसँग अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा शिक्षा क्षेत्रमा राजनीतिक भागबन्डा बन्डा, देशको शिक्षा प्रणाली, श्रम तथा बौद्धिक पलायन र लागू औषधलगायतका मुद्धामा छलफल गरिएको थियो । छलफल पछि तीनवटै शैक्षिक संस्था इकाई सम्मेलन तथा कक्षा इकाईहरु गठन गरिएको केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक नबीन खड्काले जानकारी दिनुभयो ।

अभियानकै क्रममा दिब्यज्योति बहुमुखी क्याम्पस स्नातक तह ब्यवस्थापन प्रथम बर्षमा अन्जली बिश्वकर्माको अध्यक्षतामा ११ सदस्सीय ईकाई समिति गठन गरिएको छ । त्यस्तै दाउन्ने देवी क्याम्पस ईकाई सम्मेलनले पुजा हरिजनको अध्यक्षतामा २१ सदस्सीय नयाँ नेतृत्व निर्वाचित गरेको छ ।

यसैबीच दिब्यज्योति मावि कक्षा–१२ तर्फ सबिन भट्टराईको अध्यक्षतामा १७ सदस्सीय र अनिता भट्टराईको अध्यक्षतामा अर्काे इकाई गरेर दुईवटा कक्षा ईकाई गठन गरिएको छ । अभियानमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक नबीन खड्का, केन्द्रीय सचिवलाय सदस्य तथा प्रदेश सहसंयोजक इन्दु वली, केन्द्रीय सदस्य तथा प्रदेश सहसंयोजक मनोज थापा, केन्द्रीय सदस्य तथा नवलपरासी संयोजक सन्देश सापकोटालगायतले सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।