0 COMMENTS

मङ्सिर १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एनसेलको बदमासीप्रति कडा विरोध जनाएको छ । सोमबार पार्टी प्रवक्ता कञ्चनले प्रेस विज्ञप्तिमार्फत एनसेल कुनै अर्थमा पनि नेपालको राष्ट्रिय हितमा छैन भन्दै तत्काल दर्ता खारेज गरी यसको स्वामित्वमा रहेको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्नसमेत नेपाल सरकारसँग जोडदार माग गरेका छन् । साथै उनले यसका लागि नेपाल सरकारमाथि दवाव दिन नेपालका सम्पूर्ण देशभक्त, जनवादी क्रान्तिकारी एवम् वामपन्थी पार्टी, समूह तथा व्यक्तित्वहरुलाई हार्दिक आह्वान समेत गरेका छन् ।

एनसेलको नेपालमा लामो बदनामी इतिहास छ । यसले नेपाल सरकारलाई बुझाउन पर्ने ७२ अर्व रुपियाँ करछली गरेको विषयमा सर्वोच्चमा परेको मुद्दा आजसम्म फैसला भएको छैन । अहिले यसको एजियाटा समूहले एनसेलमा रहेको आफ्नो पुरै ८० प्रतिशत सेयर बेलायत स्थित स्पेक्ट्रालाइट कम्पनीलाई जम्मा रु ६ अर्वमा विक्री गरेको भन्ने समाचार बाहिर आएका छन् । समाचार अनुसार २०१६मा रु १ खर्व ४३ अर्वमा खरिद गरेको र वर्षेनी ४० अर्वदेखि ६० अर्व रुपियाँसम्म आम्दानी गर्दै आएको एनसेलको प्रमुख सेयर होल्डर एजियाटाले आफ्नो सम्पूर्ण सेयर जम्मा रु ६ अर्वमा बेचेको भन्ने मिडियामा प्रकाशित समाचारले मात्र पनि यस कारोवारमा गम्भीर आर्थिक चलखेल रहेको कुरा पुष्टि हुन्छ ।

सम्झौताअनुसार करिब २ खर्वभन्दा बढी कूल सम्पत्ति रहेको पुरै एनसेल कम्पनी आगामी ६ वर्षभित्र नेपाल सरकारको स्वामित्वमा आउने निश्चित भएको स्थितिमा सेयर विक्रिको सूचना प्रकाशित हुनु र सत्ताधारी पार्टीहरु मौन रहनुले यस प्रकरणमा मुख्यत: नेपाल सरकार र शासक वर्गका नेताहरुको समेत मिलेमतो रहेको कुरा स्पष्ट छ । यो स्थतिमा सेयर विक्रिको सूचना प्रकाशित हुनु र सत्ताधारी पार्टीहरु मौन रहनुले यस प्रकरणमा मुख्यत: नेपाल सरकार र शासक वर्गका नेताहरुको समेत मिलेमतो रहेको कुरा स्पष्ट छ । यस्तो व्यक्तिगत तथा गुटगत आर्थिक लाभका निमित्त सरकार र राजनीतिक पार्टीका नेताहरुले गरेको यस प्रकारको गम्भीर राष्ट्रघाती तथा जनघाती कामको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालव्दारा कडा विरोध गर्दै प्रेस—विज्ञप्ति प्रकाशित गरेको छ ।

वक्तव्यमा नेपाल टेलिकमले भन्दा महङ्गोमा सेवा बेचेर नेपाली जनतालाई लुट्ने, सरकारलाई राजस्व नतिर्ने र आम्दानी जति सबै विदेश लगेर देशलाई टाटपल्टाउने एनसेल कुनै अर्थमा पनि नेपालको राष्ट्रिय हितमा छैन भन्दै यसको दर्ता खारेज गरी यसको स्वामित्वमा रहेको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ । साथै, यसका लागि नेपाल सरकारमाथि दवाव दिन नेपालका सम्पूर्ण देशभक्त, जनवादी क्रान्तिकारी एवम् वामपन्थी पार्टी, समूह तथा व्यक्तित्वहरुलाई हार्दिक आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।