0 COMMENTS

मङ्सिर १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्माले क्रान्तिकारीहरु मात्रै जनताको वास्तविक सेवक भएको बताउनु भएको छ ।

“क्रान्तिकारीहरु नै वास्तविक जनसेवक हुन, हामी यहाँ जनसेवाका निम्ति काम गर्न आएका हौं, त्यसबाहेक हाम्रो कुनै स्वार्थ छैन । क्रान्ति भनेकै जनसेवा हो । तर यहाँ तुच्छ स्वार्थ बोक्नेहरु पनि छन, तिनीहरुको भ्रमबाट जनतालाई मुक्त गर्न पनि उतिकै जरुरी छ । त्यसमध्ये कतिपय नाङ्गिएका छन, कतिपय छिटै नाङ्गिने छन ।” शर्माले उद्घोष गर्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भूकम्प प्रभावित क्षेत्रमा सञ्चालन गरेको उद्दार, राहत तथा पुननिर्माण अभियान अन्तरगत पश्चिम(रुकुम) को सानीभेरी गाउँपालिका -१, पक्रैया स्थिति शितल माविको अस्थायी विद्यालय भवन/टहरा हस्तान्तरण एवं विद्यालयद्वारा आयोजित स्वयंसेवकहरुको बिदाई कार्यक्रममा शर्माले उक्त उद्घोष गर्नुभएको हो ।

शर्मा नेतृत्वको मजदुर, स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरुको टोलिले शितल माविको अस्थायी भवन/टहरा निर्माण हस्तान्तरण, स्थानीय जनताका भग्नावशेष घरगोठको पुननिर्माण तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।