0 COMMENTS

मङ्सिर १८, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिमले पार्टीका जिल्ला सह संयोजक गणेशबहादुर ढकाल माथि भएको गालीगलौज तथा हातपात प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका जिल्ला संयोजक समरले आइतबार जारी गरेको प्रेस बक्तव्यमार्फत सहसंयोजक ढकालमाथि भएको गालीगलौज तथा हातपातप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त घटनाप्रति खेद ब्यक्त गर्दै घोर भत्र्सना एंव निन्दा गरिएको छ ।

वक्तव्यमा भनिएको छ,  ‘क्रान्तिकारी छविलाई निरन्तर कायम गर्दै आएको हाम्रो पार्टीका जिल्ला सह संयोजक गणेश बहादुर ढकाल लाई बर्दघाट निवासी रमेश बस्यालले ब्यक्तिगत लेनदेनको रकम लिन बोलाई मिति २०८० मंसिर १५ गते दिउसों करिब ४ बजेको समयमा आपसी ब्यक्तिगत एवं व्यवसायिक लेनदेनको छलफलकै क्रममा विप्लव नेतृत्वको नेकपा नवलपुर जिल्ला ईन्चार्ज गंगाराम ज्ञवाली (सुमन) सहित नेकपा नेतृ शारदा गिरी (कृति)ले गरेको गालीगलौज तथा हातपात प्रति हाम्रो गम्भिर ध्यानार्कषण भएको छ ।’

‘ब्यक्तिगत एंव ब्यवसायिक लेनदेनको बिषयलाई वार्ता एंव संवाद गर्नुको साटो गालीगलौज तथा हातपात गर्नु गैर राजनैतिक एंव गैर सामाजिक चरित्र हो ।’उक्त घटनाको हाम्रो पार्टी घोर भत्र्सना एंव निन्दा गर्दछ ।’ वक्तव्यमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।