0 COMMENTS

मङ्सिर १४, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको आयोजनामा एमसीसी खारेजी र लप्सीफेदीमा भएको प्रहरी दमनको विरोधमा भरतपुरको चौबिसकोठीमा एक विरोधसभाको आयोजना गरेको छ ।

बुधबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको चितवन जिल्ला संयोजक घननाथ सापकोटा ‘विकास’ ले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज भिमबहादुर खड्का, अतिथि सह-संयोजक केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य दुर्गाप्रसाद सुवेदी, वाग्मती प्रदेश सदस्य प्रकाशबाबु खनाल, हरिकृष्ण खनाल, क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय सदस्य प्रेम कडेल, वाग्मती प्रदेश सदस्य तथा भरतपुर महानगर इन्चार्ज कृष्ण बराल बाबुराम प्यासी लगायतका जिल्लाका युवा पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी सबैले कालापानी लिपुलेक हाम्रो हो, अमेरिका परियोजना एमसीसी एसपीपी खारेजी गर, देशभक्तहरु एक हौं, बढ्दो महँगी नियन्त्रण गर, बैंक लगायतका सहकारीका वित्तीय शोषण बन्द गर, संघीय जनगणतन्त्र जिन्दावाद, वैज्ञानिक समाजवाद निर्माण गर, वीर सहिद अमर रहुन् लगायतका नारासहित प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रकाशबाबु खनालले राष्ट्रप्रेमी कविता वाचन गरेका थिए । कार्यक्रम समापनमा बोल्दै जिल्ला संयोजक विकासले लप्सीफेदीमा राष्ट्रवादीमाथि दमन गरेमा परिस्थिति गम्भीर भएकाले राष्ट्रिय स्वाधीनता सार्वभौमसत्ता र जनतन्त्र जनजिविकाको हलको सवालमा जनताको मुक्तिको प्रतिरोधात्मक आन्दोलन राज्यलाई महँगो पर्ने चुनौती दिँदै भ्रष्टाचार र दलालहरुलाई राज्यले कारवाही नगरे जनताको शक्तिको बलमा कारवाही गरिने उद्घोष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।