0 COMMENTS

मङ्सिर १३, काठमाडौँ । नेपाल आयल निगमले सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ तिरेपछि ऋणमुक्त बनेको छ । निगमले मङ्गलबार अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा ऋणबापतको बाँकी रकम भुक्तानी गरेको हो ।

कच्चा तेल र प्रशोधित तोलको मूल्य अन्तराष्ट्रिय बजारमै बढेपछि भारतीय आयल कर्पोरेसन (आईओसी) सँग करिब ३३ अर्ब, वाणिज्य बैंकसँग ३ अर्ब र नेपाल सरकारसँग ७ अर्ब ऋण लिएको थियो । मङ्गलबार सरकारलाई तिर्न बाँकी रहेको ७ अर्ब ऋणको अन्तिम किस्ताबापतको ७० करोड भुक्तानी गरेपछि नेपाल आयल निगम ऋण मुक्त भएको छ । 

हाल निगम ऋण मुक्त भएकाले नेपाली बजारमा अब भने पेट्रोलियम पदार्थको मूल्य घट्ने देखिएको छ । अब छिट्टै निगमको सञ्चालक समितिको बैठक बस्ने र पेट्रोलियम पदार्थको मूल्य समायोजनका विषयमा निर्णय गर्ने निगमका कार्यकारी निर्देशक उमेश थानीले बताएका छन् । निगम स्रोतका अनुसार बोर्ड बैठकबाट पेट्रोलियम पदार्थको मूल्य केही घटाउने गरी तयारी गरिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।