0 COMMENTS

मङ्सिर ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अहिलेको अवस्थाबाट देशलाई मुक्त गर्ने एकमात्र बाटो भनेको सङ्घीय जनगणतन्त्र नेपालको स्थापना भएको बताएको छ । सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले प्रेस वक्तव्य जारी गर्दै यो स्थितिमा पश्चगामीका मीठा आश्वासन र यथास्थितिवादीहरुका भ्रमबाट मुक्तभई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी क्रान्तिकारी तथा वामपन्थी शक्ति तथा व्यक्तित्वहरुलाई हार्दिक अपिलसमेत गर्नुभएको छ ।

“ यतिबेला देश भयावह अवस्थाबाट गुज्रिरहेको छ । जनता यसको विकल्पको खोजीमा छन् । जनताको परिवर्तनको चाहनालाई दूरुपयोग गर्दै पश्चगामी शक्तिहरु जनताले आन्दोलनबाट प्राप्त गरेका सङ्घीयता तथा धर्मनिरपेक्षता जस्ता सिमित अधिकारहरु समेतका विरुद्ध राजा आऊ देश बचाऊ भन्ने नाराहरु लगाएर जनतालाई दिग्भ्रमित गर्ने र देशलाई पछाडि फर्काउन कसरत गरिरहेका छन् । नयाँ दलालहरु सत्ता र व्यवस्था होइन नेताहरु बदमास हुन् भन्दै आपूmलाई साम्राज्यवादको विश्वासिला चाकरका रुपमा पेश गर्न उद्यत छन् । सत्ताधारीहरु आफ्नो वर्चस्वको रक्षा गर्न हरसंभव कोशिस गरिरहेका छन् । यो स्थितिमा देश असमाधेय द्वन्द्वमा फस्ने, नेपाल असफल राष्ट्र बन्ने र नेपाली समाज विघटित हुने खतराबाट गुज्रिरहेको छ ।” वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “ देशमा यो स्थिति पैदा हुनुका पछाडिको कारण दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था र त्यसले अङ्गिकार गरेको नवउदारवादी आर्थिक प्रणाली हो । यसको समाधान पश्चगमन त हुँदै होइन, संसदीय व्यवस्था अन्तर्गत हुने सरकारको नेतृत्व परिवर्ततनबाट समेत संभव छैन । यस सत्यलाई आजसम्म संसदीय व्यवस्था अन्तर्गत हुँदै आएका निर्वाचित सरकारहरुको असफलताले प्रमाणित गरेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।