0 COMMENTS

मङ्सिर ९, काठमाडौँ । पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई प्रदान गरेको छ ।

तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार ५५५  रुपैयाँ भूकम्प प्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उनले बताए । क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ । हाल क्लबमा १२ जना बालकलाई आश्रय पाएका छन् ।

एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ । क्लबले बर्सेनि पोखरामा अन्तर्राष्ट्रिस्तरको अन्तरक्लब फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।