0 COMMENTS

मङ्सिर ९, काठमाडौँ । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको हो ।

गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा ३ बालबालिकासहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बालिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताएका छन् ।

गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ । स्थानियवासीले चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको हो । प्रहरीले भने घटनाको थप अनुन्धान गरिरहेको बताएको छ ।

प्रहरीका अनुसार आगलागी हुँदा घरको एउटा कोठामा पूरै क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।