0 COMMENTS

मङ्सिर ९, काठमाडौँ । इजरायल र हमासबीच स्थानीय समय अनुसार आज बिहान ७ बजेबाट चार दिने अस्थायी युद्ध विराम शुरु भएको छ । अक्टोबर ७ को बिहान ६ बजेबाट सुरु भएको युद्ध ४९ औं दिन शुक्रबारसम्म चलेको इजरायल र हमासबीचको युद्ध चारदिने अस्थायी युद्धविराम गर्न इजरायल र हमासबीच सहमति भएपछि युद्ध रोकिएको हो । इजरायलका विरुद्ध हमासले अप्रत्याशित आक्रमण गर्दा १० नेपाली विद्यार्थीसहित १२ सय इजरायली मारिएका थिए । नेपाली युवा विपिन जोशीसहित २ सय ४० जनालाई हमासले बन्धक बनाएको छ । बन्धक छुटाउने र हमासलाई निमिट्यान्न बनाउने भन्दै इजरायलले गाजा क्षेत्रमा सुरु गरेको जवाफी आक्रमणमा १० हजार ८ सय प्यालेस्टिनी नागरिक मारिएका छन् । जसमा ६ हजार १ सय ५० बालबालिका र चार हजार जना महिला रहेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । १७ लाख प्यालेस्टिनीहरू विस्थापित हुन पुगेका छन् ।

अस्थायी रूपमा सुरु भएको युद्धविरामपछि हमासको नियन्त्रणमा रहेका कञ्चनपुरमा रहेका विपिन जोशी पनि रिहा हुने विश्वास गरिएको छ । हमासको नियन्त्रणमा रहेका २ सय ४० मध्ये १३ जना इजरायली रिहा गरिएको छ भने चारदिने युद्धविराममा ५० जनालाई रिहाइ गर्न हमास तयार भएको छ । इजरायली सेनाले मुक्त भएका बन्धकको स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाएको छ । इजरायलले १३ जना इजरायली बन्धकमुक्त गरेपछि ३९ जना प्यालेस्टिनी कैदीलाई रिहाइ गरिदिएको छ । यही प्रक्रिया सोमबारसम्म चल्नेछ । बन्धक भएका १० जना थाई र १ जना फिलिपिनो नागरिकलाई पनि रिहाइ गरिएको शुक्रबार सार्वजनिक भएको छ ।

३२ जना थाई श्रमिक हमासको आक्रमणमा मारिएका थिए भने २३ जना बन्धक बनाइएका थिए । विपिनलाई पनि थाई श्रमिकसँगै बन्धक बनाएर लगिएको थियो । इजरायलमा रहेका थप कैदीहरू रिहाइ गर्ने सर्तमा आफ्नो नियन्त्रणमा रहेका इजरायली सैनिकबाहेकका सर्वसाधारणलाई छोड्ने पक्षमा हमास देखिएको छ । हमासको दाबीअनुसार इजरायलमा ७ हजार प्यालेस्टिनी जेलमा छन् । त्यसमध्ये यो चार दिनभित्र १ सय ५० जनाको रिहाइ हुनेछ । ती सबै १८ वर्ष वा कम उमेरका व्यक्ति र महिला छन् । इजरायलले हमासद्वारा थप ५० जना बन्धक छाडिदिए उसले पनि १ सय ५० जना प्यालेस्टिनी छोडिदिने सार्वजनिक गरिसकेको छ ।

चार दिनपछि पनि १० जना बन्धक छाडिदिए एक दिन युद्धविराम थप्ने पक्षमा इजरायल रहेकाले अस्थायी युद्धविराम लम्बिने देखिएको छ । कतारद्वारा मध्यस्थता गरिएको युद्धविरामले गाजा क्षेत्रमा गहिरिँदै गएको मानवीय संकटलाई सहायता बढ्नेछ । यहाँ इन्धन, पानी र पीठोको अभाव छ । कुनै बेकरीहरू सञ्चालनमा छैनन् । सम्झौताअनुसार प्रत्येक दिन राहत सामग्री बोकेका २०० ट्रक र चार इन्धन ट्रक गाजा प्रवेश गर्नेछन् । विश्व खाद्य कार्यक्रमले खाद्यान्न ढुवानीका लागि एक सयभन्दा बढी ट्रक तयार रहेको जनाएको छ । इजिप्टले दैनिक १ लाख ३० हजार लिटर डिजेल र चारवटा लरी ग्यास ढुवानी गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।