0 COMMENTS

मङ्सिर ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश नम्बर पाँचको दोस्रो पुर्ण बैठक पार्टीको आसन्न महाधिबेशनका कामलाई तीब्र गतिमा लैजाने निर्णय गर्दै सम्पन्न भएको छ ।

पार्टीको यही मंसिर ७ गते प्रदेश सचिवालय र ८ गते पुर्ण बैठक भालुबाङमा भएको थियो । मंसिर मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने टाइमलाइनलाई दृढता पूर्वक कार्यान्वयन गर्न जिल्ला जिल्लाले मंसिर २० गते भित्र अध्यावधिकको काम सम्पन्न गर्न निर्णय गरिएको सो पार्टीले जनाएको छ । साथै, भुकम्पबाट क्षति भएका जिल्लाहरुमा पुनर्निर्माण टोली खटाउने कामलाई पार्टीले उच्च प्राथमिकतामा राखेको कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज प्रमोदले जानकारी दिनुभयो । उहाँका अनुसार पुनर्निर्माणमा प्रदेश पार्टीको तर्फकाट पन्ध सदस्सीय टोली आलोपालो गर्ने गरेर ब्यवस्थापन गरिएको छ । यसको साथै पार्टी केन्द्र र जनबर्गीय मोर्चा संगठनका केन्द्रीय टोली संग पनि समन्वय गरेर पुर्र्वी रुकुम र जाजरकोटमा पुनर्निर्माणमा सघाउने योजना रहेको पार्टीले जनाएको छ । भुकम्प पीडितका घर निर्माणको कामलाई सहयोग गर्ने पार्टीले स्रोत साधनको आन्तरिक रुपमा संकलन गर्न निर्देशन गरेको प्रदेश संयोजक अटलले जानकारी गराउनुभयो । राहत बितरणमा सर्वहारा बर्गलाई गरिएको बिभेदलाई पार्टीले संर्घषका रुपमा उठाउदै पुनर्निर्माणमा जुटने संयोजक अटलको भनाई छ ।

यसैबीच भुकम्प प्रभावित जिल्ला जाजरकोट–पश्चिम रुकुम पुनर्निर्माणका लागि पार्टी केन्द्रीय कार्यालय सदस्य सुदर्शनको नेतृत्वमा केन्द्रीय स्वयंसेवक टोलीलाई पार्टी अध्यक्ष मोहन बैद्य किरणले काठमाण्डौबाट बिदाई गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।