0 COMMENTS
कात्तिक २७, जाजरकोट । जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर संचालन गरेका छन् । भेरि नगरपालिकाका वडा नम्बर १ मैदे चाैरमा जनस्वयंसेवक अन्तर्गत अखिल नेपाल जनस्वास्थ्य कर्मिका टाेलिहरु उक्त प्रभावित क्षेत्र पुगेर जनस्वास्थ्य सेवा शिविर संचालन गरेका हुन् । जन स्वयंसेवकका १ नम्बर टाेलि कमान्डर प्रतिज्ञाकाे नेतृत्वमा हेल्थ असिस्टेन्ट तथा डेन्टल डाक्टर केसर सिंह लावड, फार्मेसीहरु राम बहादुर विश्वकर्मा, संन्जय लावड, जनसंचारका दिग्दर्शन, राजन बुढा र स्थानीय जनस्वयंसेवक सदस्य प्रतिक लगायतको उपस्थितिमा उक्त ठाउँमा संचालन गरिएको थियो ।
“सदरमुकाम नजिकै रहेको याे क्षेत्रमा मन्त्री शक्ति बस्नेत पुगेता पनि त्यहाँ भुकम्पबाट ६ जनाको मृत्युु भएको, दर्जन घाइते भएको, झण्डै ३०० घरहरू क्षतविक्षत भई याे चिसो माैसममा खुला आकाश मुनि बस्नुपर्ने बाध्यता रहेको त्यहाँका विस्थापित परिवारहरुले बताएका छन् । मन्त्री त आउनु भयो तर हामीलाई नत राहत छ नत त्रिपाल छ, नत ओढ्ने कपडा छ नत हामीलाई खाने खर्च छ यस्तो बेलामा राहत त हामीलाई आएन् आयाे त आ-आफ्ना चिने जाने ठाउँहरुका नेताहरुका घरमा मात्रै पुर्याएकाे खबर सुनिराछम्” आखा भरि आँसु झार्दै भुकम्पबाट मृत्युु भएका एक मृतकका पिडित परिवारले उपचारकाे क्रममा खुट्टा भरि चाेटैचाेट देखाएर भन्नुभयो । 
“अहिले यसरी पहिलोपटक तपाईंहरु हामीलाई यस्तो बेला उपचार गर्न आउनु भयो हामी खुशी छम् एक एक पाल दिईयाे सशस्त्र प्रहरीले एउटा टेन्ट निर्माण गरेर गयो यहाँ बस्नुस् भनेर त्यसपछि फर्केर मन्त्री त आए तर रित्तै आए हाम्राे छिमेकी माथिल्लाे गाउँ कति पिडामा छ त्यहाँ त झन् केही पनि पुगेको छैन् मृत्युु पनि धेरै पाँच जनाकाे त्यहीँ भएको हाे घाइते धेरै हुनुहुन्छ त्यहाँ कसले हेर्ने ?” पिडित मध्ये एक सदस्यले बताउनुभयो । “हामी कति खुशी भएम् हामीलाई चिसोले रुघाखोकी, एलर्जी, झाडापखाला आदिले सताउन थालेको थियोे अहिले हामीले उपचार गर्न नपाएको उपचार पायौं” एक पिडित महिलाले बताउनुभयो ।
माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका घरहरू पुर्ननिर्माणका लागि जनसेवा गरिरहेको छ । उक्त क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नं. प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने “दिपक” काे नेतृत्वमा उक्त प्रभावित क्षेत्रमा पुगेर दाेस्राे चरणको जनसेवा शुरुआत गरेको हाे । भुकम्प गए लगत्तै प्रभावित क्षेत्रमा पार्टीका जिल्ला ईन्चार्ज अनन्त र जिल्ला संयाेजक हिमालकाे नेतृत्वमा रातारात उद्धार र राहत कार्यमा निरन्तर खटिरहेकाे छ । केन्द्रकाे तर्फबाट दिपककाे नेतृत्वमा पुगेको टाेलि हरिस भट्ट संयाेजक रहेको क्रान्तिकारी युवा संगठन, प्रतिज्ञा र केसरकाे नेतृत्वकाे जनस्वास्थ्य कर्मि टाेलि, दिग्दर्शन र राजन बुढाको नेतृत्वकाे सुचना तथा संचार टाेलिले शुरुआत गरेको थियोे । अभियान टाेलिका कमान्डर दिपकले २५ गते देखि शुरु गरेको याे दाेस्राे चरणको जनसेवा अभियान १५ दिन सम्म चल्ने बताए । उनको नेतृत्वमा जनसेवा अभियान कार्यलय टिम क्रान्तिकारी युवा संगठन नेपाल संयाजक हरिस भट्ट, पार्टी केन्द्रीय सदस्य तथा ६ नं. प्रदेश संयाेजक संगम, पार्टी केन्द्रीय सचिवालय सदस्य धमिल र जनस्वयंसेवकका बादल, १ नं. टाेलि संयाेजक प्रतिज्ञाकाे टाेलिकाे नेतृत्वमा भेरि नपा, नलगाडा नपा र कुँशे गाँपा, २ नं. टाेलि संयाेजक अनन्तकाे टाेलिकाे नेतृत्वमा कुँशे गाँपा, छेडा गाँपा र भेरि नपा र ३ नं. टाेलि संयाेजक विपिनकाे नेतृत्वमा नलगाँड गाँपा, भेरि नपा मा ९/९ जनाको टाेलि निर्माण गरि परिचालन गरिएको छ ।
जाजरकोटकाे बारेकाेट गाउपालिकाकाे रामिडाँडा केन्द्र बिन्दु भयर २०८०कार्तिक १७ गते राति ११:४७ मा ६.४ रेक्टर स्केलकाे भुकम्पले १५३ जनाकाे ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन् र हजाराै घरवारविहीन अवस्थामा पालमुनि र गाेठहरुमा बसिरहेका छन् । चिसाे बढे संगै थुप्रै बिरामी परिरहेका छन् साेहि अवस्थालाई मध्यनजर गरि विभिन्न किसिमकाे स्वास्थ्य सामाग्री वितरण, औषधि उपचार र नगदहरु जिल्ला अस्पताल जाजरकोट र ‘भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८०’ लाई हस्तान्तरण गरि भुकम्प पिडितहरु कहाँ पुर्‍याउने, पार्टीले थप स्वास्थ्य र राहतका सामग्रीहरु पनि उपलब्ध गराउने र भुकम्प प्रभावित क्षेत्रमा पार्टीकाे उद्धार कार्यमा निरन्तर खट्ने क्रममा आज उक्त क्षेत्रमा भुकम्प प्रभावित १८० जनाको स्वास्थ्य चेकजाँच, घाइतेहरुकाे उपचार तथा पार्टीको आफ्नै पहलमा ल्याएको औषधिले उपचार कार्य सम्पन्न गरिएको यी सबै कार्य निरन्तर जिल्ला इन्चार्ज अनन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।