0 COMMENTS
कात्तिक २७, जाजरकोट । जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि अखिल नेपाल शिक्षक संगठनले ५१,१५१ रुपैयाँ हस्तान्तरण गरेकाे छ । आज अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्षिराम ढकालकाे नेतृत्वकाे उपमहासचिव (अर्थ) लक्ष्मण वलि, उपाध्यक्ष रूद्र केसि, कर्णाली प्रदेश अध्यक्ष अच्युत प्रसाद शर्मा, राष्ट्रिय समिति सदस्य रूद्ध वलि, जाजरकोट जिल्ला सचिव टेक बहादुर मल्ल र माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियान सदस्य तथा पार्टी सचिवालय सदस्य धमिलकाे टाेलिले भुकम्प प्रभावित जिल्ला जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मालाई ‘भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८०’ लाई रु ५१,१५१ (अक्षेरुपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ) को चेक हस्तान्तरण गरेको छ ।
उता माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले भुकम्प पिडितका घरहरू पुर्ननिर्माणका लागि जनसेवा शुरु गरेको छ । उक्त क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नं. प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने “दिपक” काे नेतृत्वमा उक्त प्रभावित क्षेत्रमा पुगेर दाेस्राे चरणको जनसेवा शुरुआत गरेको हाे । भुकम्प गए लगत्तै प्रभावित क्षेत्रमा पार्टीका जिल्ला ईन्चार्ज अनन्त र जिल्ला संयाेजक हिमालकाे नेतृत्वमा रातारात उद्धार र राहत कार्यमा निरन्तर खटिरहेकाे छ । केन्द्रकाे तर्फबाट दिपककाे नेतृत्वमा पुगेको टाेलि हरिस भट्ट संयाेजक रहेको क्रान्तिकारी युवा संगठन,प्रतिज्ञा र केसरकाे नेतृत्वमा जनस्वास्थ्य कर्मि टाेलि,दिग्दर्शन र राजन बुढाको नेतृत्वमा सुचना तथा संचार टाेलि सहितले शुरुआत गरेको थियोे । अभियान टाेलिका कमान्डर दिपकले २५ गते देखि शुरु गरेको याे दाेस्राे चरणको जनअभियान १५ दिन सम्म चल्ने बताए । उनको नेतृत्वमा जनअभियान कार्यलय टिम क्रान्तिकारी युवा संगठन नेपाल संयाजक हरिस भट्ट, पार्टी केन्द्रीय सदस्य तथा ६ नं. प्रदेश संयाेजक संगम, पार्टी केन्द्रीय सचिवालय सदस्य धमिल र जनस्वयंसेवकका बादल, १ नं. टाेलि संयाेजक प्रतिज्ञाकाे टाेलिकाे नेतृत्वमा भेरि नपा, नलगाडा नपा र कुँशे गाँपा,२ नं. टाेलि संयाेजक अनन्तकाे टाेलिकाे नेतृत्वमा कुँशे गाँपा, छेडा गाँपा र भेरि नपा र ३ नं. टाेलि संयाेजक विपिनकाे नेतृत्वमा नलगाँड गाँपा, भेरि नपा मा ९/९ जनाको टाेलि निर्माण गरि परिचालन गरिएको बताए ।
जाजरकोटकाे बारेकाेट गाउपालिकाकाे रामिडाँडा केन्द्र बिन्दु भयर २०८०कार्तिक १७ गते राति ११:४७ मा ६.४ रेक्टर स्केलकाे भुकम्पले १५३ जनाकाे ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन् र हजाराै घरवारविहीन अवस्थामा पालमुनि र गाेठहरुमा बसिरहेका छन् । चिसाे बढे संगै थुप्रै बिरामी परिरहेका छन् साेहि अवस्थालाई मध्यनजर गरि विभिन्न किसिमकाे स्वास्थ्य सामाग्री, ओैषधि र नगदहरु जिल्ला अस्पताल जाजरकोट र ‘भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८०’ लाई हस्तान्तरण गरि भुकम्प पिडितहरु कहाँ पुर्‍याउने, पार्टीले थप राहतका सामग्रीहरु पनि उपलब्ध गराउने र भुकम्प प्रभावित क्षेत्रमा पार्टीकाे उद्धार कार्यमा निरन्तर खट्ने जिल्ला इन्चार्ज अनन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।