0 COMMENTS

कात्तिक २५, जाजरकोट । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले जिल्ला अस्पताल जाजरकोटलाई भुकम्प पिडितका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

शनिबार बिहान क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ६ नं. प्रदेश इन्चार्ज उदय बहादुर चलाउने ‘दिपक’ नेतृत्वको टोलीले जिल्ला अस्पताल जाजरकोट पुगेर झण्डै ३ लाख बराबरको स्वास्थ्य  सामाग्री जनस्वास्थ्य अधिकृत जनक केसीलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ६ नं. प्रदेश समिति संयोजक संगम, जाजरकोट जिल्ला इन्चार्ज अन्तत, केन्द्रीय सदस्य विपिन, क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष हरिष भट्ट, केन्द्रीय सदस्य प्रतिज्ञा चौलागाई र पाल्पा जिल्ला पार्टी संयोजक मुक्ति गैरे लगायत जिल्ला पार्टीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

जाजरकोटको बारेकोट गाउपालिकाको रामिडाँडा केन्द्र बिन्दु भयर २०८० कात्तिक १७ गते राति ११:४७ मा ६.४ रेक्टर स्केलको भुकम्पले १५३ जनाको ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन र हजारौ घरवारविहीन अवस्थामा पालमुनि र गोठहरुमा बसिरहेका छन । चिसो बढे संगै थुप्रै बिरामी परिरहेका छन सोहि अवस्थालाई मध्यनजर गरि विभिन्न किसिमको स्वास्थ्य सामाग्री र औषधिहरु जिल्ला अस्पताल जाजरकोटलाई हस्तान्तरण गरि भुकम्प पिडितहरु कहाँ पुर्‍याउने, पार्टीले थप राहतका सामग्रीहरु पनि उपलब्ध गराउने र आज देखि भुकम्प प्रभावित क्षेत्रमा पार्टी उद्धार कार्यमा निरन्तर खट्ने जिल्ला इन्चार्ज अनन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।