0 COMMENTS

कात्तिक १९, नेपालगञ्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपाल प्रदेश नं. ६ संगठन समितिले भुकम्पका घाईतेहररूलाई फलफुल वितरण गरेको छ । केही दिन अघि जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर गएको भुकम्पले जाजरकोट र रुकुममा ठुलो क्षति गरेको थियो ।

जाजरकोट र रुकुममा उक्त भुकम्पमा परेर घाईते भएर बाँकेको भेरी अस्पतालमा उपचारत ३९ जना बिरामीहरूलाई क्रान्तिकारी युवा संगठन, नेपाल प्रदेश नं. ६ संगठन समितिले फलफुल बितरण गरिएको हो ।

संगठनका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं. ६ का संयोजक प्रकाश शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कर्णाली प्रदेश इन्चार्ज उदयबहादुर चलाउने ‘दिपक’, बाँके जिल्ला इन्चार्ज दिपक शाही, जिल्ला संयोजक परिवर्तन, जिल्ला कार्यालय सचिव तिलक गिरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।