0 COMMENTS

कात्तिक १९, रुपन्देही ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा केन्द्रीय महाधिवेशन आयोजक समितिको ६ दिवशीय केन्द्रीय स्कुलिङ कार्यक्रम देवदह–६ को तमु समाज हलमा आइतवारबाट शुरु भएको छ ।

पार्टीको पाँच नम्बर प्रदेश संगठन समिति र चार नम्बर प्रदेश संगठन समिति अन्तरगतका बिभिन्न जिल्लाहरुमा कार्यरत केन्द्रीय महाधिवेशन आयोजक समितिमा आबद्ध नेताहरुका लागि संयुक्त रुपमा स्कुलिङ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सदस्य तथा केन्द्रीय कार्यालयका सचिव बसन्तको अध्यक्षता, केन्द्रीय कार्यालय सदस्य आजादको संचालनमा उद्घाटन गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य एवं प्रशिक्षकहरु प्रीतम, सचिवालय सदस्य एवं स्कुल बिभाग सदस्य गतिलगायतले संक्षिप्त शुभकामना राख्नुभएको केन्द्रीय कार्यालय सदस्य तथा पाँच नम्बर ईन्चार्ज प्रमोदले जानकारी गराउनुभयो ।

पार्टीका नीति कार्यक्रम र कार्यदिशाको अनुसन्धान गर्दै महाधिवेशन सम्पन्न गर्ने पुर्व तयारी स्वरुप देशैभर पार्टीले स्कुलिङ गर्दै आएको उहाँको भनाई थियो ।

कार्यक्रममा अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन, दर्शनशास्त्र, वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्र सम्बन्धि विभिन्न विषयमा कक्षा संचालन गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।