0 COMMENTS

कात्तिक १९, सिराहा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागकाे आयाेजनामा एक नम्बर प्रदेश र मधेश प्रदेशमा आवद्ध केन्द्रीय महाधिवेशन आयाेजक समितिकाे केन्द्रीय स्कुलिङ कार्यक्रम सिराहाकाे गाेल बजारमा आजबाट सुरु भएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय एवं केन्द्रीय स्कुल विभाग सदस्य सुदर्शनकाे अध्यक्षता, विभागका सदस्य आमाेदकाे सञ्चालनमा उद्घाटन गरिएकाे कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सदस्य एवं प्रशिक्षकहरु प्रतीक, एसटी, निर्मल र मधेश प्रदेशका संयाेजक रमेशले स्कुलिङ कार्यक्रमकाे आवश्यकता र महत्त्वमाथि प्रकाश पार्नु भएकाे थियाे ।

कार्तिक १९ देखि २४ सम्म सञ्चालन हुने केन्द्रीय स्कुलिङ कार्यक्रममा प्रतीक, सुदर्शन, एसटी, निर्मल, आमाेद, खलिलले दर्शनशास्त्र, वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्र सम्बन्धी विभिन्न विषयमा प्रशिक्षित गर्नु हुने सम्बद्घ स्राेतले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।