0 COMMENTS

कात्तिक १८, काठमाडौँ । सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गर्ने घोषणा गरेको हो 

यस्तै सो क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रोसँग सञ्चालनमा रहेको टेलिकमले जनााएको छ ।

प्रवक्ता शोभन अधिकारीका अनुसार विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्ध छ । ‘उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइसेवा उपलब्ध गराइनेछ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि कम्पनीका कर्मचाहरीहरु प्रकाशचन्द्र सिग्देल (९८५१०२१७४०), जनक डाँगी (९८५१११०९९५५) र ओम प्रकाश ढकाल (९८५१३४७८७०) सँग सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।