0 COMMENTS

कात्तिक १८, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ६ नं. प्रदेशले सम्पूर्ण पार्टी पक्तिलाई उद्दार र राहत कार्यमा सहभागी बन्न निर्देशन गरेको छ ।

पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा ६ नं. प्रदेशका इन्चार्ज उदयबहादुर चलाउने ‘दिपक’ ले सम्पूर्ण पार्टी पंक्तिलाई भुकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत कार्यमा सहभागी बन्न विशेष निर्देशन गरेका छन् ।

नेता चलाउनेले भाेली कार्तिक १९ देखि २४ सम्मकाे लागि तय भएकाे केन्द्रीय स्कुलिङ्काे कार्यक्रम (६ र ७ नम्बर प्रदेशकाे संयुक्त) गएराति गएकाे भूकम्पकाे कारण स्थगित भएको जानकारी गराउँदै सम्पूर्ण पार्टी पंक्तिलाई उद्दार र राहत कार्यमा सहभागी बन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, ६ नम्बर प्रदेशको विशेष निर्देशन गरेका हुन् ।

शुक्रबार रागि ११ः४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र जाजरकोटमा गरेर १ सय ३६ जनाको मृत्यु भईसकेको छ भने सैयौं संख्यामा घाईते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।