0 COMMENTS

कात्तिक १४, बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी पुगेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका हुन् । 

महासचिव गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प गएका थिए । उनी आज गुटरेस त्यहाँबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ ।

महासचिव गुटेरेसको स्वागतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरु हिजो नै लुम्बिनीमा आइसकेका छन् । 

महासचिव गुटेरेसले मायादेवी मन्दिर दर्शन गर्नेछन् । उनले मन्दिर परिसरमै मन्तव्यसमेत व्यक्त गर्नेछन् । उनले डेढ घण्टा लुम्बिनीमा बिताउनेछन् । गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।