0 COMMENTS

कात्तिक १४, गुल्मी । गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् । घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका हुन् ।

बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा बिरामी परेको सरिताका श्रीमान् वृषबहादुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।