0 COMMENTS

कात्तिक १४, कलैया । बारा जिल्लामा एक निजी विद्यालयका प्रिन्सिपलको गोली हानेर हत्या गरिएको छ । बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको अज्ञात समूहले गोली हानेर सोमबार दिउँसो हत्या गरेका हुन् ।

घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्जको बयोधा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा बयोधा अस्पतालमा सोमबार दिउँसो करिब २ बजेतिर मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले  बताए ।

मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर स्वर्णकारमाथि गोली प्रहार गरेका थिए ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा उनीमाथि गोली प्रहार भएको थियो । दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए । गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।