0 COMMENTS

कात्तिक १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल पहाडी र हिमाली क्षेत्रका मौसम बदली भएकोले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाअनुसार अबको केही दिन देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहने छ । पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।