0 COMMENTS

कात्तिक १०, काठमाडौँ । इजरायलले गाजा पट्टीमा जारी राखेको नरसंहारबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक सार्वजनिक रुपमा धारणा सार्वजनिक गरेका छन् । पुटिनको धारणाले विश्वभर हलचल नै ल्याएको छ । अमेरिकी राष्ट्रपति जो बाइडन इजरायल नै पुगेर प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई जस्तोसुकै परिस्थितिमा पनि साथ दिने घोषणा गरेर फिर्ता भएका थिए । त्यस्तै, पश्चिमा देशहरुले इजरायललाई सहयोग दिने घोषणा गरिरहेको बेला पुटिनले आधिकारिक धारणा सार्वजनिक गारेका हुन् ।

प्यालेस्टिाइनीलाई नाजी भएको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नरसंहार जारी राखेका छन् । त्यही भाषा अमेरिकी राष्ट्रपति बाइडन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकलगातका पश्चिमा देशहरुले गाजामा भइरहेको नरसंहारको समर्थन गरिरहेका छन् । तर, पुटिनले भने त्यसलाई नरसंहारलाई अमानवीय भन्दै नाजी को हुन् ? भन्ने प्रश्न गरेका छन् । पुटिनले गाजामा इजरायलले सयौं मानिसहरु बेकालमा मरिरहेको बताएका छन् । पुटिनले गाजामा भइरहेको इजरायली हमलाको विरोध जनाएलगत्तै संयुक्त राष्ट्रका रुसी राजदूत दिमित्री पालिन्स्कीले इजरायलले गाजामा गैरकानुनी सैन्य कारवाही चलाइरहेको बताए ।

“इजरायलले गाजामा अस्पताल समेत बाँकी नराखेर हमला गरेर अमानवीय कार्य गरेको छ । प्यालेस्टाइनीविरुद्ध जे भइरहेको छ रुस त्यसको विरुद्धमा छ” पालिन्स्कीले भने ।त्यसैगरी रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले गाजामा पश्चिमा देशहरुले इजरायललाई भड्काइरहेका छन् । मानवीय साहयता समेत रोक्नु अमानवीय कार्य भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पुटिनले गाजाबारे सार्वजनिक गरेको धारणापछि विश्व राजनीतिमा नयाँ हलचल ल्याएको छ । मध्यपूर्व तेस्रो विश्वयुद्धको इपीसेन्टर हुन सक्ने खतरा बढेको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु बताउँछन् । उनीहरुले प्यालेस्टाइनीहरुमाथिको नरसंहार रोकेर वार्ताको माध्यमबाट समस्याको समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।