0 COMMENTS

कात्तिक १०, काठमाडौँ । युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फ्रान्सेली क्लब टोलुज एफसीलाई फराकिलो अन्तरले हराउँदै शानदार जित निकालेको छ ।

गएराति भएको समूश ‘ई’ को खेलमा फ्रान्सेली क्लब टोलुज एफसीलाई ५-१ गोलको फराकिलो अन्तरले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुलका डिएगो जोटा, वाटरु इन्डो, डार्विन नुनेज, रेयन गार्भेनवर्ग र रेयन गार्भेनवर्ग एक-एक गोल गरेका थिए । टोलुज एफसीका थिज्स डालिंगाले एक गोल फर्काएका थिए ।

लिगमा लगातार तीन जित निकालेको इंग्लिस क्लब लिभरपुल समूह चरणको शीर्षस्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।