0 COMMENTS

कात्तिक १०, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कायम भएको छ ।

नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।