0 COMMENTS

कात्तिक ५, काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले आइतबार एक सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्माता कम्पनीहरूसँग प्रस्तावको आह्वान गरेको हो । 

प्रस्ताव सूचना प्रकाशन भएको मितिदेखि डिसेम्बर ५, २०२३ को दिउँसो १२ बजेसम्ममा दर्ता गर्नुपर्नेछ । दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ । निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो । 

ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ । निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।