0 COMMENTS

कात्तिक ५, काठमाडौँ । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको बागमती प्रदेशको ७२०९ नम्बरको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा छ जनाको मृत्यु भएको छ । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा आइतबार साँझ रानीमहल सडकखण्डको बैकुण्ठेमा जिप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिप दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । उनीहरुको परिचय भने खुलेको छैन । आइतबार साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जिप दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । जिप खोलामा खसेकाले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।