0 COMMENTS

कात्तिक ५, काठमाडौँ । झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नपा ३ खुदुनाबारी स्थित भित्री पक्की सडक खण्डमा स्कुटी र छोटा हात्ती गाडी ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु१च ६८६३ न को छोटा हात्ती गाडी र विपरीत दिशाबाट जाँदै गरेको मे५प ४४८५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक यम भट्टराईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि सोही स्कुटर पछाडि सवार रोशन मगरको टाउकोमा चोट लागेकोमा उपचारका क्रममा बि एन्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।