0 COMMENTS

कात्तिक ५, काठमाडौँ । धादिङ केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो । 

काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए ।

सो भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परकम्प भएको उनकाे भनाइ छ । भूकम्पबाट क्षति भए/नभएको बारे विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।