0 COMMENTS

असोज २७, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको महाधिबेशन आयोजक समिति सदस्य तथा महिला नेतृ तेज कुमारी थापा ‘सृजना’ र सरोज राना ‘सागर’ बीच शुक्रबार प्रगतिशील बिवाह भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदी आडम्बरी संस्कृतिलाई जनवादी संस्कृतिमा रुपान्तरण गर्न यस्ता विवाहहरु सफल हुने औल्याउनु भयो । यस्तै पार्टीका केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य टीका रानाले स्वागत मन्तव्य राख्दै देशमा ब्याप्त दाइजो प्रथा हाबी भएको अबस्थामा यसरी प्रगतिशील बिबाह गर्नु समाजलाइ प्रगतिशील पथमा रुपान्तरण गर्नु रहेको बताउनुभयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज तिलक पुन, केन्द्रीय सल्लाहकार संजिब कुमार, जिल्ला संयोजक लक्ष्मीकान्त पौडेल, सहसंयोजकद्वय बिनोद मरासिनी र रेखा खनाल, महिला नेतृ निमकला पुन, प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोख्रेल, ब्यापार संघका पिताम्बर पुन, एकीकृत दलित मुक्ती मोर्चाका बिक्रम नेपाली, आदिबासी जनजातीका राजु भुजेल, अखिल क्रान्तिकारीका, रुपा बुढा, पारस राहाडी, मनोज थापा, संग्राम थापा, अगुवाहरु टंक कुंवर, यम बहादुर थापा, जोगिलाल थापा, शंकर प्रसाद पोख्रेल, मजदुर नेता अनिल राना लगायतको आतिथ्यता थियो । कार्यक्रममा अभिभावक चन्द्रकली राना र मन कुमारी थापाको समेत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमको अध्यक्षता तेन्जिङ र संचालन क्रान्तिकारी कम्युनिस्ट पार्टीका युबा नेता प्रगती राना गर्नुभएको थियो । तेजकुमारी थापा र सरोज राना गुल्मी जिल्ला ठुलोलुम्पेक निवासी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।