0 COMMENTS

असोज २७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ । मन्त्रालयले डा. बसौलालाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको थियो तर बसौलाले चित्त बुझ्दो जवाफ नदिएपछि पदबाट निलम्बन गरेकाे हो ।

असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २४ अनुरुपको काम, कर्तव्य जिम्मेवारीपूर्वक पूरा नगरेको तथा खण्ड (ख) र (घ) बमोजिमको पदीय जिम्मेवारी पूरा नगरेको तथा दफा ३७ बमोजिम मन्त्रालयका निर्देशन पालना नगरेको भन्दै शुक्रबार मन्त्रीस्तरको निर्णयबाट मन्त्रालयले बसौलालाई स्पष्टिकरण सोधेको थियो ।

सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको थियो तर बसौलाले चित्त बुझ्दो जवाफ नदिएपछि पदबाट निलम्बन गरिएको मन्त्रालको पत्रमा उल्लेख छ ।

डा. बसौलाले गैरजिम्मेवारीपूर्ण काम गरेर स्वास्थ्य बीमा बोर्डलाई हानी नोक्सानी समेत गर्न सक्ने र आफूमाथि लागेको आरोपको प्रमाण नष्ट गर्न सक्ने भन्दै स्वास्थ्य बीमा एने, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम बढीमा ३ महिनाको लागि कार्यकारी पदबाट निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय असोज २६ गतेबाट लागू हुने गरी निलम्बन गरिएको मन्त्रालयका उपसचिव कृष्ण थापाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।