0 COMMENTS

असोज २५, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिवालय सदस्य तथा जुझारु मजदुर नेता बालकृष्ण सिटौलालाई पितृशोक परेको छ । गत असोज १६ गते उहाँका पिता श्री कुलराज सिटौलाको ८० वर्षको उमेरमा निधन भएको हो । उहाँ विगत लामो समयदेखि प्राणघातक रोग क्यान्सरका विरुद्ध जुधिरहनु भएको थियो ।

यसै प्रक्रियामा मजदुर महासंघको केन्द्रीय समितिको आयोजनामा कागेश्वरी मनोहरा –७, काठमाडौमा उहाँको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । श्रद्धाञ्जली कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीपी गजुरेल गौरव, मजदुर महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा सागर, सह–संयोजक त्रय ईश्वर तिमिल्सिना, वसन्त बोगटी, विनोद थापा, रंगवीर दोङ, पार्टीका महाधिवेशन आयोजक समिति सदस्य इन्दिरा अधिकारी, बन्धुदेव पाण्डे सहित पार्टी र मजदुर संगठनका दर्जनौं नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।

वि.स. २००१/०५/२६ मा साबिक ताप्लेजुङ जिल्लाको हाङ्गपाङ्ग गाउँ पन्चायत –३ मा जन्मनु भएका सिटौलाको हाल झापा जिल्लाको हल्दिबारी गाउँ पालिका–१ मा स्थायी बसोबास रहेको थियो भने पछिल्लो समय उहाँ काठमाडौमा उपचाररत हुन्हुन्थ्यो । उहाँका सावित्रादेवि, विमलादेवि, तुलशादेवि सहित श्रीमती एवं चार छोरा–बुहारीहरु क्रमश: कृष्णराज–पुजा, बालकृष्ण–हिरामाया, अभिनारयण–मेनुका, लक्ष्मीनारायण सिटौला, पाँच छोरी र अठार नातिनातिना हुन्हुन्छ ।

यसै सन्दर्भमा मजदुर महासंघले एक शोक विज्ञप्ति समेत जारी गरेको छ । संगठनका संयोजक दिनेश शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ “हाम्रो संगठनका सचिवालय सदस्य श्री बालकृष्ण सिटौलाका पिता श्री कुलराज सिटौलाको वि.स. २०८०/०६/१६ गते भएको देहावसान प्रति हाम्रो संगठन गहिरो शोक र दुख व्यक्त गर्दछ ।यसप्रकारको पारिवारिक शोक र वेदनाको घडीमा हामी एवं हाम्रो संगठन पिता जी श्री कुलराज सिटौला प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मित्र बालकृष्ण सिटौला र उहाँको सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।