0 COMMENTS

असोज २५, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रमा भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । कालापानी क्षेत्रको ४ सय वर्ग किमी भूमि भारतले कब्जा गरेको छ । त्यो क्षेत्रमा अहिले पनि भारतकै नियन्त्रण रहेको छ । भारतीय प्रधानमन्त्री मोदीले कैलाश (जोलिङकाङ), गुञ्जी, पिथौरागढ र अल्मोडाको जागेश्वरधाम भ्रमण गर्दैछन् ।

मध्यान्ह १२ बजे अल्मोडा जिल्लाको जागेश्वरधाममा पूजापाठ हुनेछ । मोदीले दिउँसो अढाइ बजे पिथौरागढ जिल्ला सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली भूमिमा आएर विभिन्न कार्यक्रम गर्ने समाचारहरु सार्वजनिक हुँदा पनि नेपाल सरकार, यहाँका राजनीतिक पार्टीहरुले मोदी भ्रमणको विषयमा केही प्रतिक्रिया दिएका छैनन् । भारतलाई ‘विस्तारवादी’ भनेर आलोचना गर्ने देशभक्त तथा क्रान्तिकारी शक्तिहरुको पनि कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।