पुस १५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवले मृतक हर्कसिंह ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गरी मृतक हर्कसिंह ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पीवीएम अम्बिका चन्दलगायत सम्पूर्ण शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गरेका हुन् ।
महासचिव गौरवद्वारा जारी वक्तव्यमा भनिएको छ, “विक्रम सम्वत १९९३ साल साउन महिनामा जन्मनु भएका रुकुम पश्चिम त्रिवेणी–६ विता निवासी कमरेड हर्कसिंह ओलीको आज विहान ३ : ४० बजे गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौमा दुःखद निधन भएको छ । उहाँ हाम्रो पार्टीका स्थायी समिति सदस्य कमरेड हेमन्त प्रकाश ओलीको बुवा र पीबीएम कमरेड अम्बिका चन्दको ससुरा बुबा हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि मुटु तथा स्वास–प्रश्वास सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका एक छोरा, चार छोरी र नाति नातिनाहरु हुनुहुन्छ । उहाँको छोरा कमरेड हेमन्त प्रकाशकी जेठी छोरी कमरेड सुवर्णा ओली जनयुद्धको सहिद हुनुहुन्छ । क. हेमन्त प्रकाश ओलीको राजनीतिक हैसियत निर्माणमा बुवा हर्कसिंह ओलीको महत्वपूर्ण भूमिका रहेको छ । उहाँको निधनबाट कम्युनिस्ट आन्दोलनले एकजना कर्मठ सदस्य र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी क. हर्कसिंह ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, क. हेमन्त प्रकाश ओली, क. अम्बिका चन्द लगायत उहाँका सम्पूर्ण शोकाकूल परिवार, साथीभाइ र शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”
