0 COMMENTS

असोज २३, काठमाडाैँ  । अखिल (क्रान्तिकारी) ले इजरायलमा भएकाे इजरायल-प्यालेस्टाइन द्वन्द्वमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएकाे सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले साेमवार साँझ उनीहरूको सम्झनामा दीप प्रज्वलन गरेको हो । 

दीप प्रज्वलनमा उपस्थित भएकाहरूले मृतक विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरूले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।