0 COMMENTS

असोज २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । असोज १६ देखि काठमाडौँको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सुरु भएको बैठक असोज २१ गते (आइतबार) सम्पन्न भएको हो ।

बैठकले पार्टी अध्यक्ष मोहन वैद्य किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन व्यापक छलफल र बहससहित सर्वसम्मत रुपमा पारित गरेको छ । अध्यक्ष किरणले प्रस्तुत गरेको ६ पृष्ठको राजनीतिक प्रतिवेदनमाथि पार्टीका कार्यालय सदस्य, सचिवालय सदस्य, महाधिवेशन आयोजक समिति सदस्य र सल्लाहकार समितिका अध्यक्ष र उपाध्यक्षले महत्वपूण्र्ण सुझाबसहितका धारणा प्रस्तुत गरेका थिए । धारणा राख्ने प्रायः सबै नेताहरुले एकता महाधिवशेनलाई हरेक हिसाबले ऐतिहासिक बनाउन, संगठन र संघर्षलाई नयाँ उचाइमा उठाउन सिंगो पार्टी एकताबद्ध भएर लागिपर्नु पर्ने विषयमा जोड दिएका थिए ।

बैठकले पार्टीको आगामी महाधिवेशन जेष्ठको अन्तिम साता सम्पन्न गर्ने, मिति र स्थान केन्द्रीय कार्यालयले टुंगो लगाउने, मंसिरसम्ममा पार्टी सदस्यता नवीकरण गरिसक्ने, कात्तिकमा पार्टी स्कूलिङ सञ्चालन गर्ने, तथ्यगत अनुसन्धानसहित दस्तावेज लेखन, प्रकाशन गर्ने, स्थानीय गाउँ नगर तथा जिल्ला सम्मेलनहरु सम्पन्न गर्ने, जनसंघर्ष तथा प्रतिरोध संघर्षहरुसहित महाधिवेशनको तयारीलाई सशक्त रुपमा अगाडि बढाउने कार्यतालिका पारित गरेको बैठकमा सहभागी एक कार्यालय सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।