0 COMMENTS

असोज २१, काठमाडौँ । नेपालले, सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई समर्थन गर्ने भएको छ ।

आइतबार एक बिज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०३४ को विश्वकप आयोजनाको साउदी अरबको प्रस्तावमा नेपालले सर्मर्थन गर्ने जानकारी दिएको हो ।

विज्ञप्तिमा एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने जनाएको छ । लाखौं नेपाली कार्यरत रहेको साउदी र नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक सम्बन्धका आधारमा पनि साउदीलाई नेपालले सर्मथन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।