0 COMMENTS

असोज २१, काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत पशु सेवा तालिम केन्द्र ललितपुरको आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासिक कार्यक्रम अनुसार नेपाल पशु चिकित्सा परिषदसंगको सहकार्यमा Radiography (USG / X ray)  सम्बन्धी तालिम मिति २०८०/०६/१४ देखि २०८०/०६/१९ गते सम्म भएको थियो । उक्त तालिमको समापन समारोहको अध्यक्षता पशु सेवा तालिम केन्द्रका प्रमुख श्री बासुदेव नाथले गर्नु भएको थियो भने प्रमुख अतिथी नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डा. बज्रकिशोर प्रसाद साहाज्यूले गर्नु भएको थियो । उक्त समारोहमा विशेष अतिथी बागमती प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठज्यू र नेपाल पशु चिकित्सा परिषदका रजिष्ट्रार डा. मनोज कुमार शाही र सदस्य डा. दिनेश कुमार यादवज्यूको उपस्थिति थियो ।

यस तालिममा मोवाइल भेटेरिनरी हस्पिटल जावलाखेलका निर्देशक डा. बलराम थापा, केन्द्रीय रेफरल अस्पताल त्रिपुरेश्वरका प्रमुख डा. टंक प्रसाई, वरिष्ठ पशु चिकित्सक डा. अर्जुन प्रसाद अर्याल, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका डा. गोकर्ण गौतम लगायतका विषय विज्ञ प्रशिक्षकहरुले प्रशिक्षण गर्नु भएको थियो ।

तालिममा सहभागीहरुको प्रतिनिधिको रुपमा भेटेरिनरी अस्पतालका प्रमुख डा. प्रभात न्यौपानेले तालिम निकै राम्रो रहेको सबै पशु चिकित्सकहरुलाई यो तालिम निकै उपयोगी हुने र आगामी दिनमा यस किसिमका विशेषज्ञ विधाका तालिमहरु आवश्यक रहेको र अझै प्रभावकारी बनाउनको लागि तालिमलाई अझै व्यवहारिक बनाउनको लागि ३० प्रतिशत सैद्धान्तिक सेसन र  ७० प्रतिशत प्रयोगात्मक सेसनको व्यवस्था मिलाउनु पर्ने सुझाव दिनु भयो ।

उक्त समारोहमा नेपाल पशु चिकित्सा परिषदका रजिष्ट्रार डा. मनोज कुमार शाहीज्यूले भेटेरिनरी प्रोफेसनलाई सम्मानित, मर्यादित र व्यवसायिक बनाउन यस्ता विशिष्ट सेवा प्रदान गर्ने क्षमता तथा दक्षता विकास गर्न आवश्यक रहेकोले यस्ता तालिमले सेवाग्राहीलाई प्रभावकारी रुपमा गुणस्तरीय सेवा सहयोग पुग्ने छ ।सबै प्रदेशमा नेपाल पशु चिकित्सा परिषदसंगको सहकार्यमा Radiography (USG / X ray)  सम्बन्धी तालिम र Small animal Surgery and Neutering तालिम रहेको यस्ता प्रकृतिका तालिमहरु पाराप्रोफेसनल जनशक्तिहरुको लागि समेत त्यतिकै आवश्यक रहेकोले आगामी दिनमा कार्यक्रममा समेटनु पर्ने मन्तव्य राख्नु भयो ।

त्यसै गरी बागमती प्रदेश सरकार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठज्यूले मुलुकमा पशुपन्छीपालनमा आएको व्यवसायिकरण, आधुनिकीकरण, विविधिकरण, ‌औद्योगिकरणले भेटेरिनरी सेवामा पनि नविन प्रविधिहरुको अवलम्बन गर्नु पर्ने चुनौति थपिएको छ । हामीले समय सापेक्ष रुपमा पेशाकर्मीहरुको व्यवसायिक क्षमता एवं दक्षता विकासको लागि विशिष्ट सेवा प्रदान गर्ने तालिमहरु निरन्तर प्रदान गर्नु पर्दछ । पेशा व्यवसायमा रहेका सबै पेशाकर्मीहरुको लागि नविन प्रविधिको प्रयोगको सहयोगबाट सेवाग्राहीलाई सेवा प्रदान गर्नु अपरिहार्य रहेको छ । नविन प्रविधिको प्रयोगले रोग निदानको लागि प्रभावकारी भूमिका खेल्ने र समयमै रोगको सही तरिकाले निदान भई समयमै प्रभावकारी उपचार सेवा समेत पुर्‍याउन सहयोग पुग्ने देखिन्छ । भेटेरिनरी पेशामा संलग्न सरकारी तथा निजी क्षेत्रमा कार्यरत जनशक्तिलाई समय सापेक्ष नविनतम प्रविधिको तालिमद्वारा सीपयुक्त दक्ष बनाउनको सुरुवात गरिएको र आगामी दिनमा कार्यक्रम तर्जुमा देखि जोड दिइने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष तथा तालिम समापन समारोहका प्रमुख अतिथी डा. बज्रकिशोर प्रसाद साहाज्यूले भेटेरिनरी पेशा व्यवसायीहरुको पेशालाई मजबुत बनाउनको लागि दिनप्रतिदिन विकास हुँदै गएका प्रविधिहरुको प्रयोग गर्न सक्ने बनाउने र ती प्रविधिको प्रयोगले पेशाकर्मी तथा सेवाग्राहीहरुलाई प्रभावकारी तवरले गुणस्तरीय सेवा प्रदान पुग्न जाने जनविश्वास बढ्ने पेशालाई मर्यादित, व्यवस्थित, सम्मानित तुल्याउन अतुलनिय योगदान रहने र त्यसकोलागि सरोकारवालाहरु सबै संग सहकार्य गरी आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निरन्तर प्रयासरत रहने कुरा व्यक्त गर्नु भयो ।

तालिम कार्यक्रममा सहभागी २२ जना सरकारी र निजी क्षेत्रमा कार्यरत दर्तावाल पशु चिकित्सकहरुलाई समारोहका प्रमुख अतिथी तथा नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डा. बज्रकिशोर प्रसाद साहा र विशेष अतिथी तथा बागमती प्रदेश पशुपन्छी विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठज्यूले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

पशु सेवा तालिम केन्द्र प्रमुख बासुदेव नाथज्यूले नेपालमा सरकारी र निजी क्षेत्रमा कार्यरत दर्तावाल पशु चिकित्सकहरुलाई यसरी एकै थलोमा नविनतम प्रविधिको बारेमा प्रशिक्षण गर्नेकामको सुरुवात भएको छ । यसले आगामी दिनमा पशुपन्छी पालक कृषकहरुलाई विशिष्ट सेवा प्रदान गरिने अपेक्षा गरिएको छ । यस तालिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर, धादिङ र सिन्धुलीका कार्यालय प्रमुखज्यूहरु स्वयं सहभागी हुनुले अब चाँडै नै ती विज्ञ केन्द्रहरुबाट Radiography (USG / X ray) सेवा प्रवाह हुने विश्वास रहेको र  यस समारोहमा प्राप्त सुझावहरु आगामी कार्यक्रम तर्जुमा देखि कार्यक्रम सञ्चालनसम्मको लागि मार्गदर्शन हुने र सुझावहरुको कार्यान्वयनको लागि अधिकतम प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो साथै २०८०/०६/१७ गतेका दिन यस तालिमको अनुगमन तथा निरीक्षण बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री डा. राजेन्द्र मान श्रेष्ठज्यूले गर्नु भएको र उक्तक्रममा माननीय मन्त्रीज्यूले तालिम पश्चात सेवाग्रहीहरुले पालन गरिरहेका पशुहरुको रोग निदानमा Radiography (USG / X ray) सेवा विस्तार हुने र सेवाग्राहीहरुलाई तालिम प्राप्त पशु चिकित्सकहरुद्वारा गुणस्तरीय सेवा प्रभावकारी रुपमा प्रदान गरिने र सोको अनुगमन तथा निरीक्षणमा तालिम केन्द्रले ध्यानदिनु पर्ने निर्देशन भएको जानकारी गराउनु भयो ।

उक्त तालिममा वरिष्ठ पत्रकार प्रविण जोशी र  बासुदेव तिमल्सिना र पत्रकार गोमा पाण्डे लगायतको उपस्थिति थियो ।कार्यक्रम सञ्चालन तालिम संयोजक पशु चिकित्सक हंसरानी सम्बाहाम्फेज्यूले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।